images
images
  • दीपक भट्टमाथि थप अनुसन्धान गर्न अदालतले दियो १० दिन म्याद

    काठमाडौं- सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानमा तानिएका व्यापारी दीपक भट्टमाथि थप अनुसन्धान गर्न अदालतले १० दिनको म्याद दिएको छ ।

    बिहीबार न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको हो ।

    यही चैत १७ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले व्यवसायी भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको थियो ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार अध्यागमन विभागलाई पत्र पठाएर उनको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो ।

    यही प्रकरणमा भट्टलाई प्रहरीले आज बिहीबार पक्राउ गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images