काठमाडौं- प्रहरीको नियन्त्रणमा रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिन थालिएको छ ।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमन गरेको कसुरमा पक्राउ परेका ओलीसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले अस्पतालमा उनीसँग बयान लिन शुरु गरेका हुन् ।
पक्राउ परेपछि स्वास्थ्य समस्या देखिएका ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
चिकित्सकरुले अस्पताल बाहिर लैजान नमिल्ने राय दिएपछि ओलीसँग अस्पतालमा नै बयान लिन थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार आजदेखि ओलीसँग जाँचबुझ आयोगले किटान गरेको विषयमा बयान लिन थालिएको छ ।
ओलीसँगै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकको बयान पूरा भएको छ ।
लेखकको बयान पूरा भएको काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























