काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षण पहिलो दिनदेखि नै सुरु गरिएको छ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार बिहीबारदेखि परीक्षण कार्य अघि बढाइएको हो।
पहिलो दिन अंग्रेजी विषयको परीक्षा सकिएलगत्तै विभिन्न केन्द्रमा कापी जाँच सुरु भएको छ।
परीक्षा सम्पन्न भएको तीन दिनभित्र परीक्षण सक्ने तयारी गरिएको छ।
निष्पक्षता कायम गर्न आफ्नै विद्यालयका शिक्षकले आफ्नै विद्यार्थीको उत्तरपुस्तिका जाँच्न नपाउने व्यवस्था गरिएको छ।
यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी छन्। परीक्षा २९ गतेसम्म सञ्चालन हुनेछ भने नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्य छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















