काठमाडौं- शान्ता पहरी (टोकियो) एभरेष्ट इन्टरनेशनल स्कुल, जापानबाट छैटौँ ब्याच एसईई परीक्षामा सहभागी जापानमा नेपाली पाठ्यक्रमअनुसार कक्षा १२ सम्म अध्ययन हुने एभरेष्ट इन्टरनेशनल स्कुलका छैटौँ ब्याचका विद्यार्थीहरू यस वर्ष २०२६ को एसईई परीक्षामा सहभागी हुँदैछन्।
विद्यालय प्रशासनका अनुसार २०२१ देखि हालसम्म विभिन्न वर्षमा विद्यार्थीहरूले एसईई परीक्षा दिँदै आएका छन्।
यस वर्ष २०२६ मा ९ जना छात्र र १४ जना छात्रा गरी कुल २३ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।
प्रवासमा बसेर पनि नेपाली भाषा, संस्कार र शिक्षा प्रदान गर्न पाउँदा अभिभावकहरू खुसी र उत्साहित रहेको विद्यालयका प्रिन्सिपल विष्णु प्रसाद भट्टले बताए ।
विद्यालयले शैक्षिक उपलब्धिसँगै अनुशासन, नैतिक शिक्षा र संस्कारमा पनि विशेष जोड दिँदै आएको छ।
प्रवासमा नेपाली पहिचान जोगाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित विद्यालय अगाडि बढिरहेको जनाएको छ।
नेपाल सरकारको दूतावास, जापानका राजदूत एभरेस्ट इन्टरनेशनल स्कूल, जापानका सम्माननीय संरक्षकको रूपमा रहने, नेपाल सरकारद्वारा नेपाल बाहिर सञ्चालन गरिएको एक मात्र नेपाली सरकारी विद्यालय हो।


विश्व खबर 




















