images
images
  • सर्लाहीमा दिदीबहिनी एकैठाउँ झुन्डिएर मरे

    काठमाडौं- सर्लाहीको गोडैता नगरपालिका-५, रामवनस्थित आँपको रुखमा दुई किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा रामनगर-६, सिसौटका विनोद दासकी करिब १५ वर्षीया छोरी सङिता कुमारी र उनका दाजु इन्द्रजित दासकी करिब १७ वर्षीया छोरी नगिना कुमारी दास रहेका छन् ।

    प्रहरीका प्रवक्ता तथा डिएसपी सरोज राईका अनुसार दुवै किशोरी आँपको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images