images
images
  • एसईई २०८२ : केन्द्रमै उत्तरपुस्तिका परीक्षण

    काठमाडौं– राष्ट्रिय परीक्षा बोर्ड ले यस वर्षको एसईई परीक्षा सम्बन्धित केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गरेको छ। एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यअनुसार यस्तो व्यवस्था गरिएको हो।

    सस्मित पोखरेल शिक्षा मन्त्री नियुक्त भएपछि नतिजा छिटो सार्वजनिक गर्न निर्देशन दिएका थिए। सोही अनुसार परीक्षा केन्द्रमै परीक्षण गरिनेछ। शिक्षक अभाव वा असुरक्षाको अवस्था भएमा शिक्षा विकास तथा समन्वय एकाइमार्फत अन्यत्र परीक्षण गर्न सकिने व्यवस्था छ।

    यसअघि उत्तरपुस्तिका गोप्य रूपमा अन्य स्थान वा प्रदेशमा लगेर परीक्षण गरिन्थ्यो। ढिलो नतिजा आउने गुनासो बढेपछि यसपटक प्रक्रिया परिवर्तन गरिएको हो।

    यस वर्ष चैत १९ देखि सुरु हुने एसईईका लागि १,९६६ केन्द्र तोकिएका छन्, जसमा ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदैछन्। परीक्षाको सबै तयारी पूरा भएको बोर्डले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images