images
images
  • क्याफेमा २० हजार घुस लिँदै गर्दा रंगेहात पक्राउ परे प्रहरी नायब निरीक्षक राउत

    काठमाडौं- २० हजार घुससहित प्रहरी वृत्त मालिगाउँ वृत्तका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा ३५ वर्षीय सई दिनेश राउत छन् ।

    उनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाईदिन सहजीकरण गरिदिने भन्दै २० हजार घुस लिएको आरोप छ ।

    उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

    गहनापोखरीस्थित ग्रिन स्टार क्याफेबाट २० हजार घुससहित उनी ५ बजे रंगेहात पक्राउ परेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images