images
images
  • स्वास्थ्य परीक्षणमा सिन्डिकेट समाप्त, श्रमिकले सरकारी अस्पतालबाटै सेवा पाउने

    काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा सिन्डिकेट अन्त्य गरेको छ ।

    अब श्रमिकले नेपाल सरकारबाट स्वीकृत वा सरकारी अस्पतालबाट स्वास्थ्य परीक्षण गराउन पाउने छन् ।

    मन्त्रालयले इच्छुक स्वास्थ्य संस्थालाई आवश्यक मापदण्ड पूरा गरी सूचीमा समावेश गरिने प्रक्रिया अघि बढाएको छ ।

    यसले सेवा सहज, सुलभ, पारदर्शी र प्रतिस्पर्धात्मक बनाउने विश्वास गरिएको छ ।

    अहिलेसम्म वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण सीमित निजी संस्थामार्फत मात्र हुँदै आएको थियो र श्रमिकले उच्च शुल्क तिर्न बाध्य थिए ।

    नयाँ निर्णयपछि उनीहरूले सहज दरमा परीक्षण सेवा पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images