images
images
  • अवैध काममा लगाइएका १२ नेपालीको उद्धार, स्वदेश फिर्ता

    काठमाडौं– कम्बोडियामा अवैध काममा संलग्न गराइएका १२ नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ ।

    विभिन्न प्रलोभनमा त्यहाँ पुगेका उनीहरूलाई थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघको सहयोगमा सोमबार स्वदेश पठाएको हो ।

    उनीहरूलाई अनलाइन स्क्यामिङ् केन्द्र, क्यासिनो लगायत गैरकानुनी गतिविधिमा लगाइएको तथा कतिपय भिसा बिना वा भिसा अवधि नाघेर बसिरहेको दूतावासले जनाएको छ ।

    यसअघि पनि त्यहाँ अलपत्र परेका नेपालीहरूलाई उद्धार गरिँदै आएको छ भने अझै समस्यामा रहेका अन्य नेपालीलाई फर्काउने प्रयास जारी रहेको दूतावासको भनाइ छ ।

    cccccccc

    प्रतिक्रिया दिनुहोस्
    images
    images