images
images
  • एमालेकी प्रदेश सांसद रेखा शर्मालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    काठमाडौं- पक्राउ परेकी नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

    सोमबार उनलाई प्रहरीले काठमाडौंको धुमबाराहीबाट पक्राउ गरेको थियो ।

    उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेका थियो ।

    शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images