images
images
  • फास्ट ट्रयाकमा काम गर्ने भन्दै रकम असुल्ने यातायात कार्यालय एकान्तकुना बाट १५ बिचौलिया पक्राउ

    काठमाडौं- यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको टोलीले १५ बिचौलिया पक्राउ गरेको हो ।

    उनीहरुले सेवाग्राहीलाई हैरानी, दुख दिने गरेको प्रहरीले बताएको छ ।

    फास्ट ट्रयाकमा काम गरिदिने भन्दै रकम असुल्ने गरेको गुनासोपछि प्रहरीले अपरेशन चलाएर उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धानअघि बढाइएको परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images