images
images
  • बालिकामाथि श्रम शोषण गरेकी रेखा शर्मालाई म्याद थप्न अदालत लगियो

    काठमाडौं- नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई म्याद थपका लागि अदालत लगिएको छ ।

    बालिकामाथि श्रम शोषणको आरोपमा पक्राउ परेकी शर्मालाई म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत काठमाडौं लगिएको छ ।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गए राति धुम्बाराहीबाट पक्राउ गरेको थियो ।

    काठमाडौं महानगरपालिकाले शर्माको घरबाट २०८१ जेठ १४ गते एक बालिकालाई उद्धार गरेको थियो ।

    शर्माविरुद्ध यसअघि २०८१ माघको अन्तिम साता महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images