काठमाडौं– अब श्रम स्वीकृति आवेदन दिने दिनै पाइने भएको छ ।
यसअघि दैनिक तोकिएको संख्यामा टोकन प्रणालीबाट मात्र स्वीकृति दिइन्थ्यो, तर अब यो प्रणाली हटाइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागलाई आवेदन दिएकै दिन स्वीकृति दिने व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।
विभागले तोकिएका कागजात पेश भएमा सोही दिन पहिलो तथा पुनः श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्था गरेको छ ।
मन्त्रि दिपक कुमार साहको उपस्थितिमा आइतबारको बैठकले सुधारका काम अघि बढाउने निर्णय गर्दै, श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित, सुरक्षित र श्रमिकको हकहितको संरक्षण हुनेगरी कार्ययोजना लागू गर्न निर्देशन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्























