images
images
  • सुन–चाँदीको मूल्य ह्वात्तै घट्योे (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले ओरालो लागेको हो ।

    महासंघका अनुसार आज बजारमा सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    अघिल्लो दिन अर्थात् हिजो ९सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँ रहेको थियो ।

    त्यसैगरी, आज १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ५५ रुपैयाँ कायम गरिएको छ ।

    हिजो १० ग्राम सुनको मूल्य २ लाख ४५ हजार २ सय रुपैयाँ तोकिएको थियो ।

    सुनसँगै आज चाँदीको मूल्य पनि सामान्य घटेको छ ।

    महासंघका अनुसार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    हिजो चाँदी प्रतितोला ४ हजार ७ सय २० रुपैयाँमा किनबेच भएको थियो ।

    त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    हिजो १० ग्राम चाँदीको मूल्य ४ हजार ४७ रुपैयाँ रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images