images
images
  • पोखराको लेकसाइडका स्पामा बालबालिका प्रयोग गर्ने ८ सञ्चालक परे पक्राउ

    काठमाडौं- कास्कीको पर्यटकीय क्षेत्र लेकसाइडमा सञ्चालित स्पा तथा ब्युटी पार्लरहरूले मापदण्ड विपरीत बालबालिकालाई काममा लगाएको पाइएपछि प्रहरीले ठुलो कारबाही सुरु गरेको छ।

    उमेर नपुगेका बालिकाहरूलाई कामदारका रूपमा राखेर अवाञ्छित क्रियाकलापमा प्रयोग गर्ने गरेको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय र प्रहरीको संयुक्त टोलीले अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो।

    चैत ११ गते साँझ लेकसाइडका विभिन्न स्थानमा रहेका स्पाहरूमा छापा मार्दा प्रहरीले ८ जना सञ्चालकलाई नियन्त्रणमा लिएको छ।

    पक्राउ पर्नेहरूमा उदयपुरका होम बहादुर बुढाथोकी, पोखराका जेनिसा श्रेष्ठ सुनार, चितवनकी सर्मिला परियार र स्याङ्जाका सुरेश वि.क. रहेका छन्।

    त्यसैगरी गोरखाका जिवन श्रेष्ठ, रुपन्देहीकी अप्रिना खातुन, मकवानपुरका राजु थापा मगर र पोखराकै सरोज सुनारलाई पनि प्रहरीले हिरासतमा लिएको छ।

    प्रहरीले ती स्पाहरूबाट उद्धार गरिएका नाबालिग कामदारहरूलाई संरक्षणका लागि शक्ति समूहमा पठाएको छ भने उमेर पुगेका अन्य कामदारहरूलाई आफन्तको जिम्मा लगाएको छ।

    पक्राउ परेका सञ्चालकहरू विरुद्ध बालबालिका विरुद्धको कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images