images
images
  • पूर्वमन्त्री दीपक खड्कालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गरिने

    काठमाडौं- नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

    बिहान पक्राउ परेका उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो ।

    जेनजी आन्दोलनका बेला उनको घरमा पैसा भेटिएको आरोप लागेको छ ।

    यस विषयमा उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images