images
images
  • राष्ट्रिय परीक्षा बोर्डले बालेन सरकारको निर्णयलाई गर्‍यो स्वागत, कर्मचारी युनियन भंग

    काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डमा क्रियाशील राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन आधिकारिक रुपमा भंग भएको छ ।

    नयाँ सरकार बनेपछि १ सय दिन भित्र गर्ने कममा कर्मचारी युनियन हटाउने विषय पनि समावेश थियो ।

    सरकारले अघि सारेको शासकीय सुधार र मितव्ययिताको योजनालाई साथ दिँदै युनियनले आफ्नो अस्तित्व समाप्त भएको घोषणा गरेको हो ।

    नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत्र १३ गतेको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी १०० कार्यसूची अन्तर्गत बुँदा नम्बर १२ मा उल्लेखित प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिताको निर्णयलाई स्वागत गर्दै युनियनले यस्तो कदम चालेको हो ।

    युनियनका अध्यक्ष राजु ओलियाद्वारा जारी विज्ञप्ति अनुसार, सरकारी निर्णय र निर्देशिकाको आत्मसात् गर्दै २०८२ चैत्र १५ गतेदेखि नै लागू हुने गरी युनियन भंग गरिएको छ ।

    प्रशासनिक खर्च कटौती र सार्वजनिक निकायहरुको पुनर्संरचना गर्ने सरकारको नीतिका बीच बोर्डको कर्मचारी युनियनले खारेज गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images