images
images
  • इनिसा विक मृत्यु प्रकरण : अदालतमा दर्ता भयो अभियोगपत्र

    काठमाडौं- बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिसा विकको घटनामा सरकारी वकिलको कार्यालयले अदालतमा अभियोगपत्र दर्ता गराएको छ ।

    आइतबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत सुर्खेतमा अभियोग पत्र दर्ता गराएको हो ।

    ‎‎गुर्भाकोट नगरपालिका-६ बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिसा हाल वीरेन्द्रनगर नगरपालिका-१ मा परिवारका साथ बस्दै आएकी थिइन् ।

    फागुन २३ गते शनिवार बिहान ६ बजे नै ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् ।

    ‎‎प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    सोही दिन प्रहरीले घटनास्थलबाट नै एक १६ वर्षे नाबालकलाई नियन्त्रणमा लिएको थियो, जसले इनिसाको प्रेमी भएको बयान दिएका छन् ।

    यसअघि चैत ११ गते सुर्खेत प्रहरीले सो घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो ।

    प्रहरीले भने सामूहिक नभएर एकल करणी भएको निष्कर्ष निकालेको थियो ।

    यद्यपि, सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालतमा दायर गरिएको अभियोग पत्रमा भने सामूहिक बलात्कार भएको दाबी गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images