काठमाडौं– नेकपा (एमाले)को शनिबारको प्रदर्शनमा पक्राउ परेका ७ जनामध्ये ६ जना रिहा भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार विमल धमला भने हिरासतमा राखिएका छन् ।
प्रहरीका अनुसार धमला प्रदर्शनका क्रममा गाडी तोडफोडमा संलग्न देखिएका छन् ।
साथै उनीविरुद्ध बैंकिङ कसुरका दुई मुद्दा समेत रहेकाले म्याद थप गरी अनुसन्धान अघि बढाइने भएको छ ।
प्रतिक्रिया दिनुहोस्























