काठमाडौं– केपी शर्मा ओली र रमेश लेखकको रिहाइ माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गर्ने तयारी गरिएको छ ।
गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै दुवै पक्षले छुट्टाछुट्टै निवेदन दिने भएका हुन् ।
ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले निवेदन दिने तयारी छ भने एमाले निकट वकिलहरूले बहस गर्नेछन् ।
चैत १४ गते जेनजी आन्दोलन दमन प्रकरणमा ओली र लेखक पक्राउ परेका थिए ।
एमालेले गिरफ्तारीलाई ‘गैरकानूनी र पूर्वाग्रही’ भन्दै राजनीतिक तथा कानुनी रूपमा प्रतिवाद गर्ने जनाएको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले भने कसैसँग प्रतिशोध नराखिएको दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्























