images
images
  • ट्रम्पविरुद्ध अमेरिकामा राष्ट्रव्यापी आन्दोलन : ३,००० भन्दा बढी स्थानमा र्‍याली

    काठमाडौं– अमेरिकाभर राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध व्यापक प्रदर्शनहरू भएका छन् ।

    ‘नो किङ्स’ नाम दिइएको यो राष्ट्रव्यापी आन्दोलन अन्तर्गत शनिबार ३,००० भन्दा बढी स्थानमा र्‍याली आयोजना गरिएको हो ।

    प्रदर्शनकारीहरूले विशेषगरी इरानसँगको सम्भावित युद्ध, कडा अध्यागमन नीति र बढ्दो महँगीविरुद्ध विरोध जनाएका छन् ।

    आयोजकहरूले यसलाई लोकतन्त्रको रक्षा र निरंकुश प्रवृत्तिको विरोधमा गरिएको शान्तिपूर्ण आन्दोलन बताएका छन् भने ह्वाइट हाउसले यसको आलोचना गरेको छ ।

    मुख्य कार्यक्रम मिनेसोटाको सेन्ट पलमा भएको थियो, जहाँ हजारौं मानिस सहभागी भए ।

    त्यस्तै वासिङ्टन डीसी, न्युयोर्क, लस एन्जलस लगायत प्रमुख सहरहरूमा पनि ठूलो संख्यामा मानिस सडकमा उत्रिएका थिए ।

    यो आन्दोलन ठूला सहरमा मात्र सीमित नरही रिपब्लिकन प्रभाव भएका राज्यहरू र साना सहरहरूमा समेत फैलिएको छ ।

    युरोपका केही सहरहरूमा पनि ट्रम्पविरुद्ध ऐक्यबद्धता प्रदर्शन गरिएको छ ।

    विश्लेषकहरूका अनुसार यस्तो जनआक्रोशले आगामी मध्यावधि चुनावमा प्रभाव पार्न सक्ने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images