images
images
  • जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

    काठमाडौं- गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ निवासी ५५ वर्षीय तुलसी थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    चन्द्रकोटबाट शान्तिपुरतर्फ गइरहेको लु १ ज १८३४ नम्बरको सफारी जिपले थापालाई बाटो काट्दै गरेको अवस्थामा रिपाहा भन्ने ठाउँमा शनिबार साँझ ठक्कर दिएको थियो ।

    जिपको ठक्करबाट घाइते भएकी थापालाई स्थानीय स्वास्थ्य संस्थामा समान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रवास, पाल्पामा पठाइएको थियो ।

    थापाको उपचारका क्रममा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीले जिपका चालक जीवन फौदारसहित सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images