images
images
  • सहकारीका बचतकर्ताको रकम १०० दिनभित्र फिर्ता गर्न सुरु गरिने

    काठमाडौं- सरकारले सहकारी पीडित बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रिया आगामी १०० दिनभित्रै सुरु गर्ने घोषणा गरेको छ ।

    शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची सार्वजनिक गर्दै सरकारले विशेषगरी ‘साना बचतकर्ता’ हरूको बचत फिर्तालाई प्राथमिकतामा राखेको हो ।

    लामो समयदेखि सहकारीमा जम्मा गरेको रकम नपाएर पीडित बनेका नागरिकहरूलाई न्याय दिन सरकारले यो समयसीमा तोकेको हो ।

    यस विषयलाई रास्वपाले आफ्नो बाचापत्रमा पनि समेटेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images