images
images
  • गौतमश्री सहकारीका व्यवस्थापक बिष्ट पक्राउ, ५ अर्ब भन्दा बढी ठगी

    काठमाडौं- कुलेश्वरमा रहेको गौतमश्री बहुउदेश्यी सकारी संस्था लिमिटेडका व्यवस्थापक पक्राउ परेका छन् ।

    पाँचथरको फिदिम नगरपालिका-४ घर भएका ४१ वर्षीय व्यवस्थापक रवीन बिष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाटै पक्राउ गरेको हो ।

    उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयको एसपी मनोहर भट्टले बताए ।

    पक्राउ परेका बिष्टविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइनेछ ।

    यो सहकारीले साढे ५ अर्ब भन्दा बढी ठगी गरेको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images