images
images
  • गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

    काठमाडौं- गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड सहकारीका अध्यक्षसहित चार जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत अविन कुमार राई र पूर्वलेखा सदस्य कर्णबहादुर राई छन् ।

    उनीहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    १० हजार ५९८ बचतकर्ताको ४ अर्ब ५ करोड ६० लाख ६८ हजार ४५८ रुपैयाँ बचत थियो ।

    तर ऋण र लगानी गरेर १ अर्ब ४९ करोड १६ लाख ३३ हजार ९२४ रुपैयाँ प्रवाह गरेको देखिएको छ ।

    बाँकी रकमको विवरण भने केही पनि भेटिएको छैन ।

    उक्त रकम हिनामिना गरेका आरोप छ ।

    प्रवाह भएको ऋण समेत कमसल धितो, बिना धितो दिइएको खुलेको छ ।

    पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर बुझाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images