images
images
  • एक साताभित्र भदौ २४ को घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने

    काठमाडौं- सरकारले गत भदौ २४ गते घटेको घटनाको सत्यतथ्य छानबिनका लागि एक हप्ताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को शुक्रबार बैठकले स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ मा यस विषयलाई प्राथमिकताका साथ समावेश गरिएको हो ।

    भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भदौ २४ गते व्यापक जनधनको क्षति भएको थियो ।

    गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सरकारलाई सिफारिस गरेअनुसार बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्ले समिति गठनको निर्णय गरेको हो ।

    आयोगले भदौ २३ गतेसँग सम्बन्धित विषयमा मात्रै बढी केन्द्रीत रहेर प्रतिवेदन दिएको थियो भने २४ गतेको हकमा थप छानबिन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images