images
images
  • ओली–लेखक पक्राउबारे पूर्वराष्ट्रपति भण्डारीले भनिन्– जोखिम बढ्यो

    काठमाडौं– विद्यादेवी भण्डारीले केपी शर्मा ओली र रमेश लेखकको पक्राउलाई सरकारको अपरिपक्व निर्णय भएको टिप्पणी गरेकी छन् ।

    शनिबार जारी विज्ञप्तिमा उनले कार्की आयोगको अपूर्ण प्रतिवेदन कार्यान्वयन गर्दै हतारमा गरिएको यस्तो कदमले दूरगामी असर पार्ने र अस्थिरता बढाउने जोखिम रहेको बताएकी छन् ।

    भण्डारीले यस्तो निर्णय संविधान, कानुन र लोकतान्त्रिक अभ्यासअनुसार नभएको उल्लेख गरेकी छन् ।

    उनले कुनै पनि आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन र संस्थागत परामर्श आवश्यक हुने भन्दै हतारो निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर बनाउने चेतावनी दिएकी छन् ।

    सरकारलाई संयमता अपनाउन, निर्णय पुनर्विचार गर्न र लोकतान्त्रिक मूल्य तथा प्रणालीको संरक्षणतर्फ गम्भीर हुन उनले आग्रह गरेकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images