काठमाडौं– अमेरिका र इजरायलविरुद्धको युद्धमा यमनका हुथी विद्रोही पनि मिसिएका छन् ।
हुथीहरूले इजरायलमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दै प्रत्यक्ष रूपमा युद्धमा प्रवेश गरेका हुन् ।
सीएनएनका अनुसार युद्ध दोस्रो महिनामा पुग्दा यो आक्रमण भएको हो ।
जसले क्षेत्रीय द्वन्द्व अझ फैलिने संकेत दिएको छ ।
हुथीहरूले थप आक्रमणको चेतावनी दिएका छन् भने इजरायलले अधिकांश मिसाइलहरू अवरोध गरिएको जनाएको छ ।
विश्लेषकहरूका अनुसार यसले द्वन्द्वलाई अझ जटिल बनाउँदै इरान–समर्थित अन्य समूहहरू पनि सक्रिय हुन सक्ने जोखिम बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















