काठमाडौं– नेकपा (एमाले)का नेता–कार्यकर्ता शनिबार माइतीघरसहित विभिन्न स्थानमा प्रदर्शनमा उत्रिएका छन् ।
अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि विरोध चर्किएको हो ।
प्रदर्शनका क्रममा कार्यकर्ता र प्रहरीबीच झडपको स्थिति देखिएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सरकारविरुद्ध नाराबाजीसँगै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आलोचना पनि गरिएको छ ।
प्रदर्शनका कारण यातायात आंशिक रूपमा प्रभावित बनेको छ ।
यसैबीच, प्रहरीले शनिबार बिहान पूर्वप्रधानमन्त्री ओली र कांग्रेस नेता रमेश लेखकलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्























