images
images
  • त्रिवि शिक्षण अस्पतालमा तनाव: खोपका लागि लाइनमा बसेकालाई प्रहरीले निकाल्न खोज्यो, सर्वसाधारण आक्रोशित

    काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना खोप लगाउन नपाएको भन्दै सर्वसाधारण आक्रोशित बनेका छन्।

    खोपको लाइनमा प्राथमिकतामा नपरेकाहरू पनि रहेकाले प्रहरीले उनीहरूलाई निकाल्न खोज्दा विवाद भएको हो। प्रहरीले सबैले आफ्नो पालो अनुसार खोप पाउने भन्दै विवाद नगर्न आग्रह गरिरहेको छ। प्रहरीले लाइनमा रहेकाहरूलाई सम्झाउने प्रयास गरिरहेको छ।

    आजै प्रधानमन्त्री शेरबहादुर देउवाले समेत काठमाडौं जिल्लाका विभिन्न खोप केन्द्रको अनुगमन गर्ने भएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images