images
images
  • प्रश्नपत्र बाहिरिएपछि रोकियो परीक्षा

    काठमाडौं- सर्लाहीको लालबन्दी नगरपालिकाले कक्षा ८ को नगरपालिका स्तरीय परीक्षा अन्तर्गत आजका लागि तय गरिएको सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयको परीक्षा स्थगित गरेको छ ।

    प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेलले हिजो नै सूचना जारी गर्दै आजको परीक्षा स्थगित गरिएको जानकारी दिएका हुन् ।

    स्थगित गरिएको उक्त विषयको परीक्षा अब चैत १७ गते सञ्चालन गरिने लालबन्दी नगरपालिकाको शिक्षा शाखाका प्रमुख लक्ष्मी शिवाकोटीले जानकारी दिए ।

    उनका अनुसार स्थगित विषयको परीक्षा पछि सारिए पनि अन्य विषयका परीक्षा भने पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images