काठमाडौं– काठमाडौंको स्थापित शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्तासम्म चल्ने निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।
सेसन बिहान ९ बजेदेखि बानेश्वरस्थित ब्रेनब्रिजको कार्यालयमा सञ्चालन हुने छ ।
कक्षा १२ र ब्याचलर्सको अन्तिम सेमेस्टर परीक्षाको तालिका सार्वजनिक भएसँगै केन्द्रले यस विशेष सेसनको सुरुवात गरेको जनाएको छ ।
ब्रेनब्रिज एजुकेसनकी अध्यक्ष अर्चना दवाडीका अनुसार, “कक्षा १२ पढिरहेका विद्यार्थीले आफ्नो भविष्यको दिशा निर्धारण गर्ने समय यही हो । सबै विद्यार्थी विदेशमा पढ्नै पर्छ भन्ने होइन, तर भविष्यमा के बन्ने भन्ने निर्णय गर्न यो महत्वपूर्ण समय हो ।”
उनले थपिन्, “समयमै सही मार्गनिर्देशन पाउँदा विद्यार्थीले भविष्यमा पछुतो गर्नु पर्ने छैन । यही उद्देश्यले हामीले नेपालमै पढ्दा के पढ्ने, विदेश जाने हो भने अहिले कसरी तयारी गर्ने भन्ने विषयमा विद्यार्थी र अभिभावकलाई जानकारी दिन यो कार्यक्रम सुरु गरेका हौँ ।”
ब्रेनब्रिज एजुकेसनले हाल अष्ट्रेलिया, अमेरिका, न्यूजिल्याण्ड, बेलायत, क्यानडा, जर्मनी र फ्रान्सजस्ता मुलुकमा पढ्न चाहने विद्यार्थीहरुलाई सहजीकरण र सही परामर्श दिँदै आएको छ ।
यस निःशुल्क करिअर काउन्सिलिङ सेसनले विद्यार्थीहरुलाई आफ्नो भविष्यको बाटो तय गर्न ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
साथै, कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई भाषा प्रशिक्षण कक्षाहरू IELTS र PTE मा ब्रेनब्रिज एजुकेसनले १०० प्रतिशतसम्म छुट दिने पनि घोषणा गरेको छ ।


विश्व खबर 




















