काठमाडौं- मधेश प्रदेशमा बलात्कार तथा जबरजस्ती करणी भयावह बन्दै गएको देखिएको छ।
एक वर्षकै अवधिमा २ सय २० बलात्कारको घटना भएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जारी गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ को तथ्याङ्क अनुसार वर्ष २०२५ अर्थात २०८१ पुस १७ देखि २०८२ पुस १६ सम्मको अवधिमा २ सय २० वटा बलात्कारको घटना भएको छ।
पुस्तकमा उल्लिखित तथ्याङ्क अनुसार यसबाट सबभन्दा धेरै बालिका प्रभावित भएका छन्। घट्नामा १ सय १ जना १८ वर्षमुनि उमेर समूहका बालिका बलत्कारको शिकार भएकी छिन्।
१८ वर्षमाथिका १ सय १९ जना महिला बलात्कृत भएकी छिन्।
तथ्यांक अनुसार बलत्कारको सबभन्दा बढी घटना धनुषा जिल्लामा भएको देखिन्छ ।
यहाँ एक वर्षमै १२ बालिका र ५८ महिला बलात्कार शिकार भएका छन् ।
सबभन्दा कम घटना सप्तरी जिल्लामा भएको देखिन्छ। यहाँ बलात्कारका ८ वटा घटना भएका छन् । तर सप्तरीमा एक जना बालिका सामूहिक बलात्कारमा समेत परेको तथ्याङ्कमा उल्लेख छ।
त्यस्तै सिरहामा ३ बालिका सामूहिक बलात्कारबाट पीडित भएका छन्। सिराहमा एक जनाको बलत्कारपछि हत्यासमेत भएको विवरण देखिन्छ ।
अन्य १२ वटा घट्नामा बालिका र १६ वटा घटनामा महिला पीडित बनेका छन्।
महोत्तरीमा १५ बालिका र १६ महिला गरी ३१, सर्लाहीमा २४ बालिका र ७ महिला ३१, रौतहटमा ३ बालिका र ६ महिला ९, बारामा ९ बालिका र ७ महिला गरी १६ तथा पर्सामा १५ बालिका र ९ महिला गरी २४ वटा बलात्कारका घटना भएको छन्।
मधेश प्रदेशका ८ जिल्ला मध्ये सबभन्दा बढि सर्लाहीमा २४ वटा बलत्कारको घटनाबाट बालिका पीडित भएका छन्।
प्रहरीको रेकर्ड अनुसार २ सय २० वटा बलात्कार घटना मध्ये १ सय १ वटा कानूनी दायरामा ल्याइएको छ भने १ सय १९ वटामा अनुसन्धान जारी रहेको वर्ष पुस्तकमा उल्लेख छ ।
पुस्तक अनुसार बालिकासँग सम्बन्धित ५१ वटा र महिलाका ६८ वटा मुद्दा अहिलेसम्म अनुसन्धानमै रहेको छ।
प्रहरीका अनुसार अहिलेसम्म मात्र ११ वटा मुद्दा अनुसन्धान सम्पन्न टुँगिएको छ। यी बाहेक बलात्कार प्रयासको घटना मधेश प्रदेशमा समेत बढेको देखिन्छन्।
प्रहरीका अनुसार मधेश प्रयासमा ७७ वटा वर्ष २०२५ मा भएको हो। बलत्कार मध्ये सिरहामा एक जना बालिकाको बलत्कार पछि हत्या गरिएको र पर्सामा दुईजना बालिका हाडनाता करणीको शिकार समेत भएको प्रहरीको तथ्यांकले देखाउँछ।
उल्लेखित यी घटना प्रहरीमा दर्ता भएको घटना मात्र हुन्।
अधिकारकर्मीहरूले सामाजिक मान्यता तथा व्यक्तिगत लाजका कारण प्रहरीमा दर्ता नभएका यस्ता थुप्रै घट्ना हुनसक्ने बताउँछन् ।


विश्व खबर 




















