images
images
  • एनआरएनए जापानको अध्यक्षमा ८ जनाको दाबी, ददीवल खड्काको बलियो सम्भावना

    टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी २०२१-२०२३ को कार्यकालका लागि ददिवल खड्काले अध्यक्षमा भिड्ने अन्तिम तयारी गरेको छ ।

    निस्वार्थ, निरन्तरता र निष्पक्षता, पारदर्शी एनआरएनए बनाउने मेरो प्रतिबद्दत्ता भन्ने नारासहित एनआरएनए जापानको निर्वाचनको माहौल तातिरहेको बेला बिभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रममा सफल ब्यवसायी खड्काले पनि उम्मेद्वारी दर्ता गराएको हो ।

    जापानमा करिब तीन दशक लामो बसाई गरि सामाजिक कार्यमा आफूलाई परिचित बनाइसक्नु भएका खड्काले अध्यक्ष पदमा आफ़नो उम्मेद्वारी घोषणा गरि दर्ता गरेको हो ।

    जापानमा रहेका नेपाली समुदायको अभिभावकीय भूमिका निर्वाह गर्नका लागि एनआरएनए आइसीसी बाट एनआरएनए जापानमा आफूले योगदान गर्न आवश्यकता महशुस गरि उम्मेद्वार घोषणा गरेको खड्काले बताए ।

    आफ़नो उम्मेद्वारी प्रस्तुत गरेका खड्का एनआरएनएको आभियानमा हाल आईसीसी सदस्य रहेका छन् भने  जापानमा सल्लाहकारको रुपमा रहेर कार्य गरिसकेको छ । त्यसै गरि खड्का मोना म्याग्दीको ज़िम्मेवार पदमा समेत रहेर समाजलाई योगदान पुर्याइकेको छ । “लगनशील र मेहनती भएर कार्य गरेमा अवश्य पनि एकदिन सफलता हासिल हुन्छ।”
    नेपाली समुदायमा आफुलाइ समाजसेवी र अपठ्यरोमा परेका स्वदेशमा होस कि परदेशमा होस सहयोगीको रुपमा परिचित गराइसक्नु भएका खड़काले एनआरएनए जापानको अध्यक्षमा भिड्ने निधो गरे संगै यती बेला अध्यक्षमा ८ जनाको उम्मेद्वारी मध्ये खड्का बलिया उम्मेद्वारको रूपमा देखिएका छन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images