images
images
  • हर्क साम्पाङ ४ हजार मतले अगाडि

    काठमाडौं- सुनसरी क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

    साम्पाङले पछिल्लो मतपरिणाम अनुसार १२ हजार ६८३ मत ल्याएका छन् । उनलाई रास्वपाकी गोमा तामाङले पछ्याइरहेकी छिन् । उनले ८ हजार ४९८ मत ल्याएकी छिन् ।

    सो क्षेत्रबाट तेस्रो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराईले २ हजार ८०, एमालेका टिका राम लिम्बूले १ हजार ८४२ र कांग्रेसका सुजेन्‍द्र तामाङले १ हजार ३८९ मत ल्याएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images