images
images
  • रास्वपाका अरबिन्द साह : इन्जिनियरदेखि सांसदसम्म

    काठमाडौं- बारा-३ मा प्रतिनिधिसभा सदस्यमा रास्वपाका अरबिन्द साह भारी मतान्तरले विजयी भएका छन् ।

    उनले ४० हजार ९ सय ९७ मत प्राप्त गरी पहिलोपटक संसदीय यात्रा सुरू गरेका हुन् ।

    निकटम प्रतिद्वन्द्वी कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले १० हजार ५२ मतमा सिमित भए ।

    २०७९ को चुनावमा जितेकी एमाले केन्द्रीय सदस्य ज्वालनकुमारी साह ५ हजार २ सय ७१ मत प्राप्त गरी चौथो स्थानमा पुगिन् ।

    साह सुरुमा बारा-२ बाट उठ्ने प्रचार भए पनि पार्टीले अन्तिममा बारा-३ को उम्मेदवार बनाएको थियो ।

    वित्तीय कारोबार गर्ने प्लेटफर्म ‘खल्ती’का सहसञ्चालक रहेका साह इन्जिनियर हुन् । उनका दुई छोरी, श्रीमती र आमाबुवा छन् ।

    मध्यम परिवारका साह पहिलो पटक राजनीतिमा हाम फालेका हुन् । स्नातकोत्तर गरेका उनी बारामा रास्वपाको जितको खाता खोल्ने पहिला हुन् ।

    बारा, महागढीमाई नगरपालिका-७ तेलकुवाका ४१ वर्षीय साह काठमाडौं बस्दै आएका थिए ।

    चुनावी प्रचारको क्रममा उनले आफू पढेको कलैयास्थित श्री ३ चन्द्र माविलाई पृष्ठभूमिमा राखेर रोजगारीको मुद्दा उठाएका थिए ।

    यहीबाट उनी चुनाव प्रचार अभियानमा थालेका थिए । -पत्रपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images