जुम्लामा जारी मतगणनाको ताजा परिणामअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ज्ञानेन्द्र शाहीले झन्डै साढे १३ हजार मतसहित अग्रता कायम गरेका छन्। निर्वाचन आयोगका अनुसार शाहीले १३ हजार ४५७ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार नरेश भण्डारीले १० हजार ३८७ मत ल्याएका छन्। यस्तै नेपाली कांग्रेसका दिप बहादुर शाहीले ६ हजार २१२ तथा नेकपा एमालेका शान्ति लाल महतले ४ हजार ९८ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार बिनिता कठायतले भने हालसम्म ३८० मत मात्रै प्राप्त गरेकी छन्।
-मतपरिणाम स्रोत निर्वाचन- आयोग आयोग
प्रतिक्रिया दिनुहोस्























