images
images
  • गुल्मी–१ मा सागर ढकाल विजयी, प्रदीप ज्ञवाली दोस्रो

    गुल्मी- प्रतिनिधिसभा निर्वाचन अन्तर्गत गुल्मी जिल्ला क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार सागर ढकाल विजयी भएका छन्।

    ढकालले २९ हजार ६४२ मत प्राप्त गर्दै जीत हात पारेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का प्रदीप ज्ञवाली ले १५ हजार १८१ मत पाएर दोस्रो स्थानमा रहे।

    त्यस्तै नेपाली कांग्रेस का चन्द्र भण्डारी ले १३ हजार ५०५ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भए।

    विजयपछि प्रतिक्रिया दिँदै ढकालले आफ्नो जितलाई व्यक्तिगत सफलता नभई देशका शहीदहरूको बलिदानको परिणाम भएको बताए। उनले समर्थकहरूलाई फूलमाला लगाएर स्वागत नगर्न आग्रह गर्दै आफू उत्सव मनाउन नभई काम गर्न आएको बताएका छन्।

    ढकालले भने, “यो जित हाम्रो होइन, शहीदहरूको हो। हामी यहाँ खुसी मनाउन होइन, काम गर्न आएका हौं।”

    विजयपछि उनले चिदिचौरमा रहेको शहीद शमशेरबहादुर खत्रीको सालिकमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images