images
images
  • अछाम-१ मा भीम रावल पराजित, कांग्रेसका स्वाँर विजयी

    काठमाडौं- अछाम–१ प्रतिनिधिसभा निर्वाचनमा नेकपाका नेता भीम रावल पराजित भएका छन्। नेपाली कांग्रेसका भरतबहादुर स्वाँरले ५२६ मतान्तरले उनलाई हराएका हुन्।

    निर्वाचन आयोगका अनुसार स्वाँरले १० हजार ७५९ मत प्राप्त गर्दा रावलले १० हजार २३३ मत पाएका छन्।

    यस क्षेत्रमा एमालेका दीपकबहादुर साउद ७ हजार ३८९ मतसहित तेस्रो स्थानमा रहे। राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावलले १ हजार ७३९ मत प्राप्त गरे भने राप्रपाका लोकेन्द्रबहादुर शाहले १०२ मत पाए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images