images
images
  • प्रतिस्पर्धीले ३० हजार बढी मत ल्याउँदा ९१ मत ल्याएकी निशा अधिकारीले भनिन्- राजनीतिक यात्रा समाप्त भएको छैन

    काठमाडौं- काठमाडौं महानगरपालिका–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी अभिनेत्री निशा अधिकारीले चुनावमा पराजित भए पनि आफ्नो राजनीतिक यात्रा जारी रहने बताएकी छन्।

    गतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएकी उनले जम्मा ९१ मत प्राप्त गरिन्। उक्त क्षेत्रमा सस्मित पोखरेल ले ३० हजार ७ सय ३७ मतसहित विजयी भएका छन्।

    फेसबुकमार्फत प्रतिक्रिया दिँदै अधिकारीले लोकतन्त्रमा चुनाव जित–हार मात्र नभई विचार र विश्वासको अभ्यास पनि भएको बताइन्। उनले आफूलाई साथ दिने सबै मतदातालाई धन्यवाद दिँदै विजेता पोखरेललाई बधाईसमेत दिएकी छन्।

    साथै, महिलाको पराजयलाई निरुत्साहित नभई अझ धेरै काम गर्ने प्रेरणाको रूपमा लिनुपर्ने उनको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images