images
images
  • खामेनी मृत्युको इरानी पूर्वराजकुमार रेजा पह्लवीले गरे स्वागत, अमेरिकी राष्ट्रपति ट्रम्पलाई दिए धन्यवाद

    काठमाडौं– इरानका पूर्वराजकुमार रेजा पह्लवीले आयातोल्लाह अली खामेनीको मृत्युको स्वागत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् ।

    निर्वासनमा रहेका पह्लवीले वासिंटन पोस्टमा लेख प्रकाशित गर्दै इरानमा नयाँ संविधान बनाउन र जनमतसंग्रहमार्फत अनुमोदन गर्नुपर्ने बताएका छन् ।

    पूर्वराजकुमार पह्लवी, जो हाल अमेरिकामा बस्दै आएका छन्, विगतमा इरानमा सरकारविरोधी प्रदर्शन चर्किएपछि अमेरिकासँग हस्तक्षेपको माग गर्दै आएका थिए ।

    उनका पिता मोहम्मद रेजा पह्लवी सन् १९४७–१९७९ सम्म इरानका राजा थिए ।

    सन् १९७९ को इस्लामिक क्रान्तिले इरानको राजतन्त्र ढलेपछि, पेरिसमा बसिरहेका खामेनेई तेहरान फर्किए र इस्लामिक गणतन्त्र घोषणा भएपछि मुलुकका सर्वोच्च नेता चुनिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images