काठमाडौं– मोरङमा निर्वाचन प्रचारका क्रममा एउटा कांग्रेस कार्यकर्ता चढेको गाडी प्रहरीले पैसासहित नियन्त्रणमा लिएको छ। रतुवामाइमा रास्वपा कार्यकर्ताले गाडी रोकेर प्रहरीलाई खबर गरेका थिए।
जाँचका क्रममा गाडीभित्र कांग्रेसका प्रचार सामग्रीसहित ४ लाख ४९ हजार रुपैयाँ भेटिएको मोरङ जिल्ला प्रहरी कार्यालयका एसपी कवित कटवालले जानकारी दिए। चालकले रकम आफ्नै व्यवसायिक रकम भएको बताए।
प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको थियो र पछि सोधपुछपछि छाडियो। पैसा र गाडी निर्वाचन कार्यालयमा बुझाइएको छ र छानबिन प्रक्रिया अघि बढाइँदैछ।
मोरङ–२ मा कांग्रेसबाट मिनेन्द्र रिजाल, एमालेबाट दिलिपकुमार अग्रवाल, नेकपाबाट चन्द्रवीर राई र रास्वपाबाट कृष्ण कुमार कार्की उम्मेदवार छन्।
प्रतिक्रिया दिनुहोस्























