images
images
  • यी ३ जनाले गर्नेछन् इरानको नेतृत्व, को–को हुन् उनीहरू ?

    काठमाडौं– इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको मृत्यु भएपछि देशको सत्ता सञ्चालन अब राष्ट्रपति, न्यायपालिका प्रमुख र गार्जियन काउन्सिलका एक सदस्यले संयुक्त रूपमा गर्ने भएका छन्।

    इरानी समाचार एजेन्सीका अनुसार, यो संक्रमणकालीन व्यवस्थालाई तीनै नेताले सम्हाल्नेछन्। साथै, इरानी मिडियाले खामेनेईको मृत्यु पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ।

    लामो समयदेखि इरानको सत्ता सम्हाल्दै आएका खामेनेईको निधनसँगै देशमा रिक्तता देखिएको छ। हाल इरानको राष्ट्रपति मसउद पेजेशकियन छन् भने गोलाम–होसैन मोहसेनी–एजेई न्यायपालिका प्रमुखको जिम्मेवारीमा छन्।

    प्रारम्भिक रिपोर्ट अनुसार, उनी अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको हवाई आक्रमणमा मारिएका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images