images
images
  • इरानले मध्यपूर्वका देशहरूमा रहेका अमेरिकी सैन्य बेस क्याम्पमा वर्षाउन थाल्यो मिसाइल

    तेहरान– इरानले आइतबार बिहान मध्यपूर्वमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ ।

    विभिन्न देशका राजधानी र प्रमुख सहरमा विस्फोटको आवाज सुनिएको छ ।

    तास्मिन न्यूजका अनुसार, इरानको इस्लामिक रिभोलुशनरी गार्ड कोर्प्स (आईआरजीसी)ले इजरायल र अमेरिकी अड्डामा छैटौँ चरणको मिसाइल तथा ड्रोन आक्रमण गरेको छ ।

    इरायली सेनाले प्रहार भएका मिसाइलहरू पहिचान गरेको र रक्षात्मक प्रणाली सञ्चालनमा रहेको जनाएको छ ।

    मध्य र दक्षिण इजरायलमा लगातार साइरन बजेका थिए ।

    दुबईमा पनि बिहानभर विस्फोटको आवाज सुनिएको र आकाशमा धुवाँ देखिएको छ ।

    जेबेल अली पोर्टमा ड्रोन अवरोधका भग्नावशेषले आगो लागेको छ ।

    कतारको दोहामा बिहान ७ः३० बजे ठूलो विस्फोट भएको थियो, जसमा १६ जना घाइते भएका छन् ।

    बहराइनको मनामा क्राउन प्लाजा होटल नजिक धुवाँ देखिएको र साइरन बजाइएको छ ।

    इराकको एर्बिल विमानस्थलमा पनि कालो धुवाँ उठेको तस्बिरहरू बाहिरिएका छन् ।

    यी घटनाले क्षेत्रीय तनाव बढाएको र सुरक्षा तथा राजनीतिक अवस्था जटिल हुने संकेत दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images