images
images
  • वर्षमानलाई प्रधानमन्त्री प्रस्ताव गरेपछि जवाफमा प्रचण्डले के भने ?

    रोल्पा– रोल्पाको लिबाङमा आयोजित चुनावी सभामा नेपाली कम्युनिस्ट पार्टीका नेता झक्कु सुवेदीले उम्मेदवार वर्षमान पुनलाई भविष्यमा पार्टी अध्यक्ष मात्र होइन, देशको प्रधानमन्त्री बन्न सक्ने क्षमतावान नेता भन्दै प्रशंसा गरे ।

    उनले पुनलाई जनयुद्धकालीन कमाण्डरदेखि पार्टी नेतृत्वसम्म सफलतापूर्वक जिम्मेवारी सम्हालेको नेता भन्दै उच्च मूल्यांकन गरे ।

    जवाफमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुवेदीको भनाइमा सहमति जनाउँदै वर्षमानमा मुलुकको नेतृत्व लिन सक्ने क्षमता देखेको बताए ।

    उनले रोल्पाली मतदातालाई पुनलाई रेकर्ड बहुमतले जिताउन अपिल गर्दै “वर्षमानलाई के गर्नुपर्छ भन्ने जिम्मा मेरो” रहेको उल्लेख गरे र आफ्नो पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images