images
images
  • अमेरिका र इजरालमा आक्रमण गरे इरानलाई पृथ्वीको नक्साबाटै मेटाइदिने राष्ट्रपति ट्रम्पको धम्की

    काठमाडौं– Donald Trump ले इरानले थप आक्रमण गरेमा ‘अहिलेसम्मकै कडा’ जवाफी प्रहार गर्ने चेतावनी दिएका छन् ।

    उनले ट्रुथ सोसियलमार्फत इरानलाई आक्रमण नगर्न आग्रह गर्दै त्यसो गरेमा कहिल्यै नदेखिएको शक्तिले प्रतिकार गर्ने बताएका हुन् ।

    यसअघि Mohammad Bagher Ghalibaf ले अमेरिका र इसराइलले इरानमाथि गरेको आक्रमणको मूल्य चुकाउनुपर्ने बताएका थिए ।

    अमेरिकी–इसराइली हवाई हमलामा इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरिएको छ ।

    हमलापछि Benjamin Netanyahu ले आक्रमणको उद्देश्य इरानको नेतृत्व परिवर्तन रहेको बताएका थिए भने ट्रम्पले इरानी जनतालाई सत्ता आफ्नो नियन्त्रणमा लिन आह्वान गरेका थिए ।

    ८६ वर्षीय खामेनी सन् १९८९ देखि सत्तामा थिए ।

    उनको मृत्युको खबरपछि इरानमा नयाँ नेतृत्व कसले सम्हाल्ने भन्ने चासो बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images