images
images
  • इरानमाथि अमेरिका–इजरालको आक्रमणले नेपाली उडान प्रभावित, १८ फ्लाइट रद्द, ३ हजार यात्रु अलपत्र

    काठमाडौं– मध्यपूर्वी क्षेत्रमा बढेको तनावका कारण नेपालबाट हुने १८ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार शनिबार मात्रै करिब ३ हजार यात्रु प्रभावित भएका छन् ।

    सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार नेपाल एयरलाइन्सका दमाम, दोहा र दुबईका तीन उडान रद्द हुँदा ५ सय यात्रु प्रभावित भए ।

    Qatar Airways का चार उडान रद्द हुँदा करिब ८ सय, flydubai का चार उडानबाट ६ सय, र Air Arabia का दुई उडानबाट ३ सय यात्रु प्रभावित भए ।

    त्यस्तै Himalaya Airlines का दमामका तीन उडान र कुवेतका दुई उडान रद्द हुँदा करिब ८ सय यात्रु प्रभावित भएका छन् ।

    उडान रद्द भएपछि शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको भीड लागेको थियो ।

    यसबीच Turkish Airlines ले भने उत्तरतर्फबाट ‘रि–रूट’ गर्दै नियमित उडान सञ्चालन गरिरहेको प्राधिकरणले जनाएको छ ।

    आइतबार पनि खाडी क्षेत्रतर्फका करिब १४ उडान रद्द हुन सक्ने सम्भावना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images