images
images
  • अमेरिका र इजरायलको आक्रमणमा १३३ इरानीको मृत्यु र २०० घाइते

    काठमाडौं– वासिङ्टनस्थित Human Rights Activists News Agency ले अमेरिका र इजरायलको आक्रमणमा इरानमा कम्तीमा १३३ जनाको मृत्यु र २०० जना घाइते भएको जनाएको छ ।

    प्रारम्भिक विवरणअनुसार १८ प्रान्तका ५८ स्थानमा हमला भएको छ, जसमा राजधानी Tehran सबैभन्दा बढी प्रभावित भएको छ ।

    तेहरानमा केही घण्टादेखि निरन्तर विस्फोटका आवाज सुनिएको बताइएको छ ।

    यसैबीच Islamic Revolutionary Guard Corps ले अमेरिकी अड्डा र इजरायलविरुद्ध ‘इतिहासकै खतरनाक आक्रमण’ गर्ने चेतावनी दिएको छ ।

    इरानी सञ्चारमाध्यम Tasnim News Agency र Fars News Agency ले आक्रमणमा सर्वोच्च नेता Ali Khamenei र उनका परिवारका सदस्यको मृत्यु भएको पुष्टि गरेका छन् ।

    खामेनीको निधनपछि इरानले ४० दिनको राजकीय शोक र ७ दिन सार्वजनिक बिदा घोषणा गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images