काठमाडौं– Press TV लगायत केही इरानी सरकारी सञ्चारमाध्यमले अमेरिका–इजरायलको संयुक्त आक्रमणमा Ali Khamenei मारिएको दाबी गरेका छन् ।
तर. औपचारिक रूपमा नयाँ सर्वोच्च नेताको घोषणा भएको छैन ।
इरानमा ८८ सदस्यीय Assembly of Experts ले नयाँ सर्वोच्च नेता चयन गर्ने संवैधानिक व्यवस्था छ ।
खामेनेईको मृत्यु पुष्टि भएमा यही निकायले उत्तराधिकारी छान्नेछ ।
संभावित दाबेदारहरू :
Mojtaba Khamenei: खामेनेईका दोस्रो छोरा । आईआरजीसीसँग नजिक मानिए पनि औपचारिक पदमा छैनन् र वंशानुगत उत्तराधिकार शिया प्रतिष्ठानमा विवादास्पद मानिन्छ ।
Alireza Arafi: एसेम्बली अफ एक्सपर्ट्सका उपाध्यक्ष र Guardian Council का सदस्य रहिसकेका प्रभावशाली धर्मगुरु ।
Mohammad Mehdi Mirbagheri: कडा धारका धर्मगुरु, पश्चिमविरोधी धारका रूपमा चिनिन्छन् ।
Hassan Khomeini: पहिलो सर्वोच्च नेता Ruhollah Khomeini का नाती, तुलनात्मक रूपमा मध्यम धारका ।
Hashem Hosseini Bushehri: एसेम्बली अफ एक्सपर्ट्सका प्रथम उपाध्यक्ष, खामेनेईसँग निकट मानिन्छन् ।
खामेनेईको अनुपस्थितिमा सैन्य प्रतिक्रिया वा रणनीतिक निर्णयहरू अन्तरिम रूपमा राष्ट्रको सुरक्षा संरचना र उच्चस्तरीय धार्मिक–राजनीतिक संयन्त्रमार्फत सञ्चालन हुने सम्भावना छ, तर अन्तिम निर्णय नयाँ सर्वोच्च नेता चयन भएपछि मात्र स्पष्ट हुनेछ ।


विश्व खबर 



















