तेहरान– इरानको राजधानी तेहरानमा अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि भएको छ ।
सरकारी समाचार संस्था इस्लामिक रिपब्लिक न्यूज एजेन्सीका अनुसार उनका प्रमुख राजनीतिक सल्लाहकार अली सामखानी र इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका कमाण्डर–इन–चिफ मोहम्मद पाकपोर पनि मारिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणपछि खामेनीको मृत्यु घोषणा गरेका थिए ।
इरानले ४० दिनको राष्ट्रिय शोक घोषणा गर्दै नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरेको जनाएको छ ।
यसबीच इजरायलले थप आक्रमणको संकेत दिएको छ भने क्षेत्रमा तनाव तीव्र बनेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















